मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक- रवि लामिछाने

काठमाण्डौं, १६ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरु बीच सद्भाव बढाउन मद्दत गर्ने बताउनु भयो।  उहाँले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफलहुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘चियापान जस्ता समारोहले सद्भाव बढाउन मद्दत गर्छ । अब चियापनहरु पार्टीगत फोरमहरुमा मात्रै सिमित हुनु हुँदैन । सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता छ । सबै पार्टीका साझा मुद्दाहरु एउटै हुन् । विपल्प र हामीले पनि देशको समृद्धि चाहेका हौं । उहाँले राजेको बाटो र हामीले रोजेको बाटो फरक भए पनि मुलुकको समृद्धि भन्दा फरक कुनै पनि पार्टीले सोचेको छैनन् ।’

उहाँले सबै पार्टीका साझा मुद्धाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताउनु भयो ।

पुरा पढ्नुहोस

संयुत्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल

पुरा पढ्नुहोस