नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ । 
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् । 
शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ ।  त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । 
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छन् ।
 

पुरा पढ्नुहोस

नेपाल आज बहराइनसँग प्रतिस्पर्धामा

काठमाडौं – एएफसी यु-२० एसियन कप छनोट अन्तर्गत समूह ‘बी’ मा नेपालले आज बहराइनसँग खेल्दैछ। चाइनिज ताइपेइको जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा दिउँसो पौने १ बजे सुरु हुने खेलमा नेपाल आफ्नो दोस्रो जितको खोजीमा हुनेछ।

नेपालले यसअघिका तीन खेलमध्ये एक जित हासिल गरेको छ भने दुई खेलमा पराजित भएको छ। समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ। नेपाल हाल तीन अंकसहित चौथो स्थानमा छ।

ePress Media
असोज ११, २०८१

पुरा पढ्नुहोस

लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

काठमाडौँ । क्यानडाले घरेलु मैदानमा खेलेको आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।
ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।
यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग- २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
  

पुरा पढ्नुहोस

अल्भारेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिड विजयी

काठमाडौँ । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि एटलेटिको म्याड्रिडको ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।     

पुरा पढ्नुहोस

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा गर्दै उनले गत टी-२० विश्वकपनै आफ्ना लागि टी-२० मा अन्तिम खेल भएको बताए । उनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध हुने भनिएको टेस्ट खेल आफ्नो अन्तिम टेस्ट हुने बताएका छन् ।
उनले बंगलादेशका लागि एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने बताए ।
शकिबले बंगलादेशमा अहिलेको परिवर्तित अवस्थामा खेल्न सक्ने अवस्था भएमा दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्ने बताए । आफु आफ्नो सुरक्षाको विषयमा सचेत रहेको भन्दै अहिले बंगलादेशमा अवस्था सुध्रिएको बताए ।
शकिब पछिल्लो शेख हसिना नेतृत्वको पार्टीका निर्वाचित सांसद थिए । बंगलादेशमा हसिनाको पत्नपछि शकिबमाथि पनि मुद्धा चलाएर कारवाही गर्नुपर्ने माग उठिरहेको थियो ।
३७ बर्षिय शकिब विश्व क्रिकेटमै उत्कृष्ट अलराउण्डर मानिन्छन् । उनले अहिलेसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४६ सय रन बनाएका छन् भने २४२ विकेट पनि लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेल खेल्दै ७ हजार ५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् । त्यसैगरी टी-२० क्रिकेटमा १२९ खेलमा २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।
 
     

पुरा पढ्नुहोस

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि

काठमाडौँ । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ ।
विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो ।
एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।
एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।
     

पुरा पढ्नुहोस

लिभरपुल काराबाओ कपको अर्को चरणमा

काठमाडौँ । लिभरपुल इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै इएफएल (काराबाओ कप) को अर्को चरणमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा डिओगो जोटा र कोडी गाक्पोले २-२ गोल गरेका थिए भएन मोहमद सलाहले एक गोल गरेका थिए ।
त्यस्तै वेस्टह्यामका लागि एक गोल लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए । त्यस्तै यस खेलको ७६औं मिनेटमा वेस्टह्यामका एडसन अल्भारेजले रातो कार्ड पाएका थिए ।
अब लिभरपुलले इएफएलको अर्को चरणमा ब्राइटनको सामना गर्ने छ । त्यस्तै हारसंगै वेस्ट ह्यामभने प्रतियोगिताबाट बाहिरिएको छ ।
        

पुरा पढ्नुहोस

लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको १९औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । ७ खेल सकिदा रियल म्याड्रिड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो । गेटाफे ७ खेलमा ४ अंकसहित १९औं स्थानमा रहेको छ ।
  
   

पुरा पढ्नुहोस

बार्सिलोनाको अफरपछि गोलकिपर स्जेस्नीले तोडे सन्यास

काठमाडौँ । पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।
बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।
३४ बर्षिय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।  

पुरा पढ्नुहोस

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस हिटर पेलिन

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन्। विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् । 
क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुन उच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन् । 
काठमाडौं स्पाइकर्समा आवद्ध भएकी २० बर्षिय एरोक्टेको व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ । 
काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, ‘यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो। आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’

पुरा पढ्नुहोस