सत्तारूढ दल एमालेको विपद् व्यवस्थापन विभागले सरकारको ध्यानाकर्षण गर्ने तयारी

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वको समयमा जनताले सहज र सुरक्षित रूपमा पर्वहरू मनाउन सक्ने वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ। विभाग प्रमुख खिमलाल भट्टराईले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेट्ने र चाडपर्वका बेला सुरक्षा, यातायात, र बजार व्यवस्थापनका विषयमा आवश्यक पहल गर्न आग्रह गर्ने जानकारी दिएका छन्।

नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दसैँ, तिहार, नेपाल संवत्, छठ, र इदजस्ता प्रमुख पर्वहरूको सन्दर्भमा जनताले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सरकारलाई सक्रियता देखाउनुपर्नेमा जोड दिएको छ। भट्टराईले चाडपर्वका समयमा सडक, यातायात, र सार्वजनिक स्थानहरूमा हुनसक्ने भीडभाड र सम्भावित अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रियताका साथ परिचालन गर्न अनुरोध गर्ने बताएका छन्।

विभागले विशेषगरी चाडपर्वको अवसरमा अत्यधिक मदिरा सेवन, जुवा खेल्ने, आतिसबाजी गर्नेजस्ता अवाञ्छित क्रियाकलापहरूको रोकथामका लागि सुरक्षा निकायलाई कडा रूपमा परिचालन गर्न आवश्यक रहेको बताएको छ। विभाग प्रमुख भट्टराईले भने, “हामीले सरकारले यो अवसरलाई व्यवस्थित रूपमा मनाउन जनताको सहजीकरण गर्ने विश्वास गरेका छौँ।”

चाडपर्वका समयमा बजारमा मूल्यवृद्धि, खाद्य सुरक्षा, र यातायात सुविधाका विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिइनेछ। यातायात व्यवस्था र सडक मर्मतसम्भारलाई चुस्त बनाउन र यात्रा सुरक्षित बनाउनका लागि आवश्यक योजनाहरू लागू गर्न सरकारलाई सुझाव दिइनेछ।

नेकपा (एमाले) को यो पहलले चाडपर्वका बेला जनताको सुरक्षा र सहजता सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। सरकारले स्थानीय प्रशासन र अन्य निकायलाई थप सक्रिय बनाउन सुझाव पाउँदा जनताले सुरक्षा र सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ।

इप्रेस मिडिया
असोज ११, २०८१

पुरा पढ्नुहोस

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।
सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिरिएपछि रास्वपा तरंगित भएको छ ।
 

पुरा पढ्नुहोस

संसदीय समितिको दुई बैठक आज बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गत आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको दुई बैठक बस्नेछ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जसहित शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जहरूको अनुगमन समीक्षा हुनेछ।

दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा “नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१” माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

ईप्रेस मिडिया, ११ असोज २०८१

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
राष्ट्रसङ्घको मुख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।

पुरा पढ्नुहोस

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जादै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

पुरा पढ्नुहोस

परराष्ट्रमन्त्री डा. आरजु राणाको शान्ति निर्माणमा नेपालको प्रतिबद्धता

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरेर शान्ति स्थापनाको अन्तिम चरणतर्फ अघि बढिरहेको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय फोरमको शान्ति निर्माणसम्बन्धी मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले हालै पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितमैत्री कानूनको जग बसाएको उल्लेख गरिन्।

फोरमले सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्र पुनःमूल्याङ्कन गरिरहेको सन्दर्भमा मन्त्री राणाले द्वन्द्वको वास्तविक कारण पहिचान गरी दीर्घकालीन समाधानमा जोड दिन आवश्यक रहेको बताइन्।

उनले शान्ति प्रक्रियालाई सुदृढ गर्न सुरक्षा परिषद् र महासभाजस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्यको आवश्यकतामा जोड दिँदै शान्तिका दूत गौतम बुद्धको मुलुकबाट आएका प्रतिनिधिका रूपमा सकारात्मक परिवर्तन र हिंसारहित समाज निर्माणमा नेपालको योगदानको स्मरण गराइन्।

ई-प्रेस मिडिया
असोज १०, २०८१

पुरा पढ्नुहोस

परराष्ट्रमन्त्री डा. आरजु राणा र युएन महिला विभाग प्रमुखबीच भेटवार्ता

वाशिङ्टन डिसी: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय उपमहासचिव एवं युएन महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दरबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

भेटमा मन्त्री राणाले युएन महिला विभागले महिला सशक्तीकरणको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालले युएन वुमनसँग मिलेर लैंगिक समानताका लागि काम गर्न सदैव तत्पर रहेको बताइन्।

भेटवार्तामा महिला अधिकार र समानताका मुद्दामा दुबै पक्षको प्रतिबद्धता थप सुदृढ भएको बताइएको छ।

ई-प्रेस मिडिया
असोज १०, २०८१

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

न्युयोर्क: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा महासभाका अध्यक्ष फिलेमोन याङसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्ता संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको हो। भेटको अवसरमा प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिए।

यस भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल पनि सहभागी थिए।

ई-प्रेस मिडिया
असोज १०, २०८१

पुरा पढ्नुहोस

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । 
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गरेका थिए । 
चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी गराएका थिए । 
आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री  पौडेल र चाईना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो । त्यस क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गर्नु भएको थियो । 

पुरा पढ्नुहोस

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने बुझिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक केन्द्रीय समितिबाट चुनिएका ३१ सदस्य हुने गर्दछन् । केन्द्रीय समिति बैठक नभएको बेला कार्यसम्पादन समितिले पार्टीका महत्वपूर्ण निर्णय लिने गर्दछ ।
 

पुरा पढ्नुहोस