अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ गरेको छ ।  
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ३० वर्षीय शंखर दाहाल र २५ वर्षीय नन्दु फुयाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
सुनसरी, धरान उपमहानगरपालिका-१५ शिवगंगा बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ माथिल्लो देउराली बस्ने ३१ वर्षीय पर्वत दर्जी र सोही उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले मझगाउँबाट ऐरीतर्फ जाँदै गरेको म.२ प ४२०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बाँके, खजुरा गाउँपालिका-२ रिमझिम बस्ने २५ वर्षीय सुनिल बुढाक्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पुरा पढ्नुहोस

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले धिरेन्द्रको घर नजिकै रहेको ओढारबाट १ थान र रमेशको गोठबाट १ थान भरूवा बन्दुक फेला दुवै जनालाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पुरा पढ्नुहोस

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
खालिकले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

पुरा पढ्नुहोस

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छ । 
जसमा कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका-४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
यसैगरी कैलाली गौरिगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषध चरेश २ किलो ७ सय ४० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २३ वर्षीय गोबिन्द धामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय चुलही जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

पुरा पढ्नुहोस

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट काठमाडौँ ल्याइयो

काठमाडौं । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । 
पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 
पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।
भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

पुरा पढ्नुहोस

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए ।
यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ ।  प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।  

पुरा पढ्नुहोस

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । 
उदयपुर, कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
झापा, झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
सुनसरी, धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

पुरा पढ्नुहोस

नेपालगंजबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् । 
मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो  । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

पुरा पढ्नुहोस

काभ्रेमा विदेशी नागरिकमाथि लुटपाट, तीन अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक— धुलिखेल अस्पतालमा इन्टर्नसीप गर्न आएका इटाली र जर्मनीका दुई विदेशी नागरिकका सामान लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापतीका सन्देश जैरु, र पनौतीका उज्ज्वल दाहाल रहेका छन्। उनीहरूले चक्कु देखाएर विदेशी नागरिकलाई लुटपाट गरेको प्रहरीको भनाइ छ। बनेपा इलाका प्रहरी कार्यालयको टोलीले खबर प्राप्त भएपछि ती तीन जनालाई पक्राउ गरी लुटिएका सामानसहित हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

Epress Media
असोज ९, २०८१

पुरा पढ्नुहोस

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

सिराहा । आफ्नै वुवा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  
शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  थियो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

पुरा पढ्नुहोस