आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा भव्य रूपमा मनाइँदै

सेप्टेम्बर २७, अर्थात् आज ४५औँ विश्व पर्यटन दिवस, नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उल्लासमय रूपमा मनाइँदैछ। पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायहरूको समन्वयमा दिवसलाई भव्य बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

दिवसको महत्त्वपूर्ण सन्देश:
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित विश्वभर हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाइन्छ। नेपालमा यस वर्ष ‘पर्यटन र शान्ति’ भन्ने विशेष नारासहित यो दिवस मनाइँदै छ। पर्यटन दिवसको अवसरमा विदेशबाट आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रमको आयोजना गरिएको छ।

सरकारी तथा निजी क्षेत्रको समन्वय:
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका साथमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था, र समुदायको सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार, तीन तहका सरकारको सहकार्यमा यस वर्षको पर्यटन दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि व्यापक तयारी गरिएको छ।

मुख्य कार्यक्रमहरू:
दिवसको अवसरमा राष्ट्रिय नाचघरमा मुख्य समारोह आयोजना हुनेछ, जसमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहनेछ। समारोहमा विभिन्न मन्त्री, सरकारी अधिकारी, विदेशी राजदूत, कूटनीतिक प्रतिनिधिहरू, र पर्यटनसम्बद्ध विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। पर्यटन क्षेत्रका अगुवाहरूबाट शुभकामना आदानप्रदान गरिनेछ।

यसैगरी, बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई विशेष रूपमा स्वागत गरिनेछ। त्यसपछि ठमेल क्षेत्रमा प्रभातफेरी आयोजना हुनेछ, जसमा पर्यटन मन्त्रालयका प्रमुख अधिकारीहरू, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

ठमेल महोत्सव र अन्य गतिविधिहरू:
दिवसकै अवसरमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव पनि आयोजना हुँदैछ। ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा आयोजित यस महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अनौठो संयोजन प्रस्तुत गरिनेछ। महोत्सवका संयोजक राजीव पाण्डेले ठमेलको पर्यटनलाई चलायमान बनाउन यो महोत्सव आयोजना गरिएको बताएका छन्।

यसैगरी, ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबारदेखि सुरु भएको छ, जसमा नेपाली आतिथ्यताको विकास र प्रवर्द्धनमा जोड दिइएको छ।

विश्व पर्यटन दिवसको इतिहास:
विश्व पर्यटन दिवस सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइन्छ। संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) ले सेप्टेम्बर २७ लाई पर्यटन दिवसका रूपमा मनाउन थालेको हो। दिवसको मुख्य उद्देश्य पर्यटनले अन्तर्राष्ट्रिय समुदायमा सामाजिक, राजनीतिक, आर्थिक, र सांस्कृतिक प्रभाव पार्न सक्ने सम्भावनाबारे जागरूकता फैलाउनु हो।

आज, यस दिवसको माध्यमबाट नेपालको पर्यटन क्षेत्रको समृद्धि र प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने विश्वास लिइएको छ।

ईप्रेस मिडिया, १ असोज २०८१

पुरा पढ्नुहोस

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् ।
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।
दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।’
इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । उनले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए । 
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन हाम्रो ग्रह, मानिस र समृद्धिको लागि सबैभन्दा ठूलो खतराको रूपमा देखा परेको भन्दै नेपाल विशेष गरी प्रभावित रहेको बताए । सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर राष्ट्रहरू मध्ये एक भएको भन्दै विश्वको २०औं सबैभन्दा प्रकोप भोगिरहेको देशको रहेको बताए ।
उनले सबैभन्दा चिन्ताको विषय पुरानो हिमालय, प्रायः तेस्रो ध्रुव भनेर चिनिन्छ, आफ्नो विशाल हिउँ भण्डारहरू गुमाउइरहेको बताए । उनले भने- ‘यो नोक्सानले नेपालको सिमानाभन्दा पर अरबौं मानिसहरूका लागि पानीको उपलब्धतालाई खतरामा पार्छ ।’
उनले नेपालले आफ्नो वन, पहाड र नदीहरू मार्फत हाम्रो ग्रहको स्वास्थ्यमा ठूलो योगदान दिइरहेको बताए । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको पीडा सहिरहेको बताउदै जलवायु न्यायको लागि आह्वान गरेका थिए ।
महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।

पुरा पढ्नुहोस

आजको राशिफल: २०८१ असोज ११ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ असोज ११ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २७ नेपाल सम्बत ११४४ ञंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शिव योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५४ बजे, सूर्यास्त साँझ ०५: ५४ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २४ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पर्यटन दिवस रहेको छ । 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहार्द्रपूर्ण रहने देखिन्छ । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । स्वास्थ्यमा प्रतिकूलता देखिने छ, साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड÷जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो÷कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । विशेष कामले गर्दा काम छाडेर बाहिर निस्कनुपर्ने परिस्थिति छ, त्यस्तै मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले पनि चिन्ता बढाउन सक्छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भानुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
 

पुरा पढ्नुहोस

तेलबाट टाढा हुने आशा कल्पना मात्र हो- ओपेक

काठमाडौँ । तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले पेट्रोल र डिजेलको प्रयोगलाई चरणबद्ध रूपमा कम गर्ने कुरा एउटा सपना भएको र आगामी दशकसम्म यसको माग बढिरहने बताएको छ ।
तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकले पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा हटाउने भन्नु ‘एक काल्पना’ भएको बताएको हो । साउदी अरेबियाको नेतृत्वमा रहेको समूहले जलवायु परिवर्तन विरुद्धको लडाईमा महत्वपूर्ण वर्ष २०५० सम्म तेलको माग बढ्ने अनुमान गरेको छ । 
तेल संगठनको यो भविष्यवाणी पेरिसस्थित इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) को मूल्याङ्कन विपरीत छ । विश्व नवीकरणीय ऊर्जा र विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको बेला ओपेकले यस्तो टिप्पणी गरेको छ । आईईएको भने यस दशकमा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण रहेको छ । 
ओपेकको वार्षिक वल्र्ड आयल आउटलुक प्रतिवेदनमा, संगठनका महानिर्देशक हैथम अल घैसले आजको आधाभन्दा बढी ऊर्जा स्रोतहरू तेल र ग्यासको हिस्सा ओगटेको र २०५० सम्म यस्तै रहने अपेक्षा गरिएको छ ।
तेलको माग धेरै दशकसम्म बढ्ने तथा तेल र ग्यास हटाउने कल्पनाको वास्तविकतासँग कुनै असर नपर्ने देखाएको रिपोर्टमा उल्लेख छ । माग बृद्धिको नजिकबाट वास्तविक अनुमानले आज, भोलि र दशकौंसम्म तेल र ग्यासमा लगानीको आवश्यकता रहेको देखाउँछ । 
सन् २०५० सम्ममा मात्रै तेलको माग १२०.१ मिलियन ब्यारेल प्रतिदिन पुग्ने अनुमान गरिएको छ, जुन २०२३ मा प्रति दिन १०२.२ मिलियन ब्यारेलको तुलनामा १७.५ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ ।
ओपेकले पनि २०४५ को लागि आफ्नो प्रक्षेपण ११८.९ मिलियन ब्यारेल प्रतिदिन पुर्याएको छ, जुन गत वर्षको प्रतिवेदनमा प्रतिदिन ११ करोड ६० लाख ब्यारेल रहेको थियो ।
तेलको खपतमा लामो समयसम्म वृद्धि हुनु ओपेकका लागि सकारात्मक संकेत हुनेछ, जसका १२ सदस्य राष्ट्रहरू तेलको आम्दानीमा निर्भर छन् । आफ्नो विचारको समर्थनमा, ओपेकले धेरै अन्तर्राष्ट्रिय कार कम्पनीहरूले आफ्नो विद्युतीय सवारी उत्पादन लक्ष्यहरू घटाउने योजनाहरू उद्धृत गरेको छ ।
वातावरणीय लक्ष्यहरूको विपरीत गत वर्ष संयुक्त राष्ट्रसंघको कोप-२८ जलवायु शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न जीवाश्म इन्धनबाट टाढा जाने लक्ष्यमा सहमति जनाएका थिए । यो सम्मेलन ओपेक सदस्य संयुक्त अरब इमिरेट्सले आयोजना गरेको थियो । यो ऐतिहासिक सम्झौताले सन् २०३० सम्ममा विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउन पनि आग्रह गरेको छ । 
ओपेकले आफ्ना सदस्यहरूलाई जीवाश्म इन्धनलाई लक्ष्य गर्ने भाषा अस्वीकार गर्न आग्रह गरेपछि यो सम्झौता भएको थियो, किनकि पहिलेको मस्यौदामा फेज आउट गर्ने विषय समावेश गरिएको थियो । ऊर्जा नीति महत्वाकांक्षाहरू उच्च रहँदा, यो सम्भव छ कि केहि अति महत्वाकांक्षी लक्ष्यहरू दुवै नीति निर्माताहरू र जनताले प्रतिरोधको सामना गर्नेछन् । 
प्रतिवेदनमा विश्वको जनसंख्या वृद्धि र भारत र अन्य गैर-विकसित देशहरूको बढ्दो मागका कारण माग बृद्धि भएको जनाइएको छ । यी क्षेत्रहरूमा सबैभन्दा ठुलो माग पेट्रोकेमिकल, सडक यातायात र उड्डयनबाट आउनेछ ।
प्रतिवेदनमा कोइला बाहेक सबै ऊर्जा स्रोतहरू विस्तार आवश्यक रहेको उल्लेख गरेको छ । यद्यपि ओपेकले जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा हटाउने प्रस्तावको विरोध गरेको छ, यस प्रतिवेदनले नवीकरणीय ऊर्जा, विशेष गरी सौर्य र वायु ऊर्जाको माग सन् २०२३ देखि २०५० सम्म तीव्र गतिमा बढ्ने बताएको छ । प्रतिवेदनमा पाँच गुणा वृद्धि भएको अनुमान गरिएको छ ।
तर गत वर्षको ३०.९ प्रतिशतको तुलनामा २०५० मा तेलले अझै पनि ऊर्जा स्रोतहरूमा सबैभन्दा ठूलो हिस्सा २९.३ प्रतिशत कायम गर्नेछ । प्राकृतिक ग्यासले कोइलालाई उछिनेर दोस्रो स्थान लिनेछ र शताब्दीको मध्यसम्ममा ऊर्जा स्रोतले २४ प्रतिशत हिस्सा ओगट्नेछ । नवीकरणीय ऊर्जाको अंश गत वर्ष ३.२ प्रतिशतबाट बढेर सन् २०५० मा १४ प्रतिशत पुग्नेछ । कोइला हाल विद्युत उत्पादनको सबैभन्दा ठूलो स्रोत रहेको छ ।
यद्यपि, प्रतिवेदनले सडक यातायातमा पेट्रोलबाट चल्ने सवारीसाधनको प्रभावित हुने भविष्यवाणी गरेको छ । आईईएको अनुमान ओपेकको तथ्याङ्क आईईएको अनुमान भन्दा विपरीत छ । आईईएले आफ्ना सदस्य देशहरूलाई, विशेष गरी पश्चिमी लोकतन्त्रहरूलाई ऊर्जा नीति अपनाउन सल्लाह दिएको छ । आईईएले विद्युतीय कारको बढ्दो प्रयोग र चिनियाँ अर्थतन्त्रको कमजोरीका कारण तेलको माग घटेको बताएको छ । स्वच्छ ऊर्जामा संक्रमण द्रुत गतिमा भइरहेको छ र धेरै मानिसहरूले यसको गति महसुस गरिरहेका छैनन् । पेरिस सम्झौताको ग्लोबल वार्मिंगलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य जिवाश्म इन्धनको प्रयोगमा कमी नगरी गर्न नासिकिने बताइएको छ ।
तेल कम्पनी बीपीले सन् २०२५ मा तेलको खपत उच्च हुने र सन् २०५० सम्ममा प्रतिदिन ७ करोड ५० लाख ब्यारेलमा झर्ने अनुमान गरेको छ । एक्सन मोबिलले तेलको माग २०५० सम्म प्रतिदिन १०० मिलियन ब्यारेलमा पुग्ने छ, जुन आजको स्तर हो ।

पुरा पढ्नुहोस

स्मार्टफोनको दैनिक चार्ज गर्ने बानी छ ? यी कुराहरू विचार गर्नु है !

स्मार्टफोन अहिले हरेक नेपालीको जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। दैनिक जीवनमा जति जसो काम स्मार्टफोनमार्फत हुने गर्छ, त्यसअनुरूप यसको सही चार्जिङ बानीलाई बेवास्ता गर्दा मोबाइलको ब्याट्री आयुमा नकारात्मक असर पर्न सक्छ। हामीमध्ये धेरैजसोले आफ्नो स्मार्टफोनको ब्याट्रीलाई बेलाबेला एकदमै कम हुँदा मात्र चार्ज गर्ने या चार्जमा राखेर रातभर छाड्ने जस्ता गलत बानी बनाएका हुन्छौँ, जुन भविष्यमा फोनको ब्याट्रीलाई ठूलो नोक्सान पुर्याउन सक्छ। यस लेखमा, नेपालका प्रचलित स्मार्टफोन चार्जिङ बानीहरू, सही तरिका, रोकथामका उपायहरू, र चार्जिङ सीमा तथा चार्जिङ केबलको बारेमा विस्तृत जानकारी दिनेछौं।

नेपालमा स्मार्टफोन चार्जिङ बानी

नेपालमा स्मार्टफोन चार्जिङका बानीहरू प्राय: सहज र उपलब्ध साधनहरूमा आधारित हुन्छन्। धेरै मानिसहरू रातभर चार्जमा फोन राख्ने, चार्ज गर्दै फोनको अत्यधिक प्रयोग गर्ने, र कुनैपनि चार्जर प्रयोग गरेर मोबाइल चार्ज गर्ने गलत बानी बनाएका छन्। यो बानीका कारण फोनको ब्याट्रीको आयु घट्छ र फोन चाँडै बिग्रने सम्भावना हुन्छ। चार्जिङ बानीमा सुधार ल्याउनुपर्दा निम्न कुरामा ध्यान दिन आवश्यक छ :

  1. ब्याट्रीको १००% सम्म चार्ज नगर्नु: स्मार्टफोनको ब्याट्रीलाई बारम्बार १००% चार्ज गर्नाले ब्याट्रीको कार्यक्षमता घट्ने सम्भावना धेरै हुन्छ। फोनको ब्याट्रीलाई ३०-८०% बीचमा राख्नु उचित हुन्छ। यो रेखाले ब्याट्रीको जीवनकाललाई लम्ब्याउँछ।
  2. रातभर चार्ज नगर्नु: धेरैजसो मानिसहरू राति सुत्दा फोन चार्जमा राखिदिन्छन्, जुन गलत बानी हो। यो ब्याट्रीलाई लामो समयसम्म चार्जमा रहन बाध्य पार्छ, जसले ब्याट्रीमा क्षति पुर्याउँछ।
  3. चार्ज गर्दै फोन प्रयोग नगर्नु: स्मार्टफोन चार्ज गर्दा अत्यधिक प्रयोग नगर्नु उपयुक्त हो। फोन चार्ज गर्दा अत्यधिक ताप उत्पन्न हुन्छ, र यसले ब्याट्रीलाई नोक्सान पुर्याउन सक्छ। फोनलाई चार्ज गर्दा केही समय विश्राम दिनु नै राम्रो हुन्छ।

सही चार्जिङ सीमा र अवधि

स्मार्टफोनको ब्याट्रीलाई लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने निम्न कुरा ध्यान दिनुहोस् :

  1. स्मार्टफोनलाई २०% भन्दा तल जान नदिनुहोस्: फोनको ब्याट्रीलाई ०% सम्म जान नदिनु उपयुक्त हुन्छ। २०% मा पुगेपछि फोन चार्जमा राख्नु आवश्यक छ, ताकि ब्याट्रीमा गहिरो चार्ज डिस्चार्जबाट बच्न सकियोस्।
  2. अत्यधिक चार्ज नगराउनुहोस्: फोनलाई १००% चार्ज गर्नु आवश्यक छैन। यो प्राय: ८०% सम्म चार्ज भएपछि चार्जर हटाउनु राम्रो हुन्छ।
  3. फास्ट चार्जिङ सीमित प्रयोग: आजकल धेरै स्मार्टफोनले फास्ट चार्जिङको सुविधा दिएका छन्, तर यसलाई बारम्बार प्रयोग गर्दा ब्याट्रीमा नकारात्मक असर पर्छ। सामान्य चार्ज गर्ने बानी बनाउनुपर्छ, फास्ट चार्जिङ केवल आपतकालीन अवस्थामा मात्र प्रयोग गर्नु उचित हुन्छ।

चार्जिङ केबलको महत्त्व

चार्जिङ केबलको गुणस्तर पनि ब्याट्रीको स्वास्थ्यमा ठुलो भूमिका खेल्छ। नेपालमा अक्सर बजारमा सस्तो र नकली चार्जिङ केबलहरू सजिलै उपलब्ध हुन्छन्, जुन फोनको ब्याट्रीलाई बिगार्न सक्छ। सही चार्जिङ केबल छान्दा ध्यान दिनुपर्ने केही कुराहरू :

  1. असली ब्राण्डको चार्जर प्रयोग गर्नुहोस्: फोनसँगै आउने चार्जर र केबल प्रयोग गर्नु उत्तम हुन्छ। यदी बदल्नुपर्ने अवस्था आएमा असली ब्राण्डको मात्र चार्जर र केबल प्रयोग गर्नु पर्छ। नकली र कम गुणस्तरको केबलले ब्याट्री र फोनमा असर पुर्याउँछ।
  2. QC र PD चार्जिङ सपोर्ट: गुणस्तरीय चार्जर र केबलहरूले क्युआर (QC) र पावर डेलिभरी (PD) सपोर्ट गर्छन्, जसले ब्याट्रीलाई सुरक्षित राख्न मद्दत गर्छ।

चार्जिङको सही बानीको फाइदा

स्मार्टफोनको ब्याट्रीलाई सही तरिकाले चार्ज गर्दा ब्याट्रीको आयु लम्बिने मात्र नभई फोनको कार्यक्षमता पनि राम्रो हुन्छ। यहाँ केही फाइदाहरू छन्:

  1. ब्याट्रीको आयु लम्ब्याउँछ: उचित चार्जिङ बानीले फोनको ब्याट्री लामो समयसम्म टिक्छ। रातभर चार्ज नगरेर समयमै चार्जर हटाउँदा ब्याट्रीको क्षति कम हुन्छ।
  2. फोनको तापक्रम नियन्त्रण: चार्ज गर्दै फोनको अत्यधिक प्रयोग गर्दा फोन न्यानो हुन्छ, जुन फोनको आन्तरिक पार्ट्सलाई नोक्सान पुर्याउन सक्छ। यसलाई रोक्न फोनलाई चार्ज गर्दा विश्राम दिनु उपयुक्त हुन्छ।
  3. ब्याट्री फुलाएर बिग्रिनबाट रोक्छ: धेरैजसो फोन प्रयोगकर्ताहरूले सामना गरेको समस्या भनेको ब्याट्रीको फुलावट हो, जसले फोनलाई बिगार्न सक्छ। उचित चार्जिङ बानीले ब्याट्रीको यस्तो समस्यालाई रोक्न मद्दत गर्छ।

नेपालमा स्मार्टफोनको सही चार्जिङ बानी नअपनाउँदा हजारौँ फोन प्रयोगकर्ताले फोनको ब्याट्रीको समस्यालाई चाँडै अनुभव गर्छन्। चार्जिङ सीमा, सही केबलको प्रयोग, र फोन चार्ज गर्दा विश्राम दिनुजस्ता साना उपायहरू अपनाउँदा फोनको आयु र कार्यक्षमता लम्ब्याउन सकिन्छ। सही चार्जिङ बानीले तपाईंको फोनलाई लामो समयसम्म टिकाउन मात्र होइन, सानो समस्या आउनासाथ नयाँ फोन किन्ने आवश्यकता पनि घटाउँछ।

तसर्थ, दैनिक रूपमा केही साना सुधार गरेर तपाईंले आफ्नो स्मार्टफोनको स्वास्थ्यलाई लामो समयसम्म जोगाउन सक्नुहुन्छ।

ePress Media
असोज १०, २०८१

पुरा पढ्नुहोस

आजको राशिफल: २०८१ असोज १० गते बिहीबार

आजको राशिफल बि.सं.२०८१ असोज १० गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर २६ नेपाल सम्बत ११४४ ञंलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५४ बजे, सूर्यास्त साँझ ०५: ५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःशिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ । कमाएको केही अंश साथीभाइ, भाइबहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतो÷चम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी÷छिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नीतिविद्याधुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

पुरा पढ्नुहोस

इरानबाट डोनाल्ड ट्रम्पको जीवनमा ‘वास्तविक खतरा’, सुरक्षा कडा

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो जीवनमा इरानबाट ठूलो खतरा रहेको दाबी गरेका छन्। उनले अमेरिकी गुप्तचर निकायहरूले इरानबाट आफ्नो हत्या गर्ने योजना बनिरहेको भन्दै चेतावनी दिएको खुलासा गरेका छन्। ट्रम्पका अनुसार इरानले यसअघि पनि हत्या प्रयास गरेको तर असफल भएको थियो। उनले इरानले फेरि प्रयास गर्ने सम्भावना रहेको र यसका लागि सुरक्षामा निकै कडाइ गरिएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेख्दै भने, “मेरो जीवनमा इरानबाट ठूलो खतरा छ। सबै सुरक्षा निकायहरूले यसलाई गम्भीरताका साथ हेरेका छन् र कुनै पनि घटनालाई रोक्न तयारी अवस्थामा रहेका छन्।” उनले इरानले उनलाई पहिल्यै निशाना बनाउन खोजेको भए पनि सफल नभएको बताउँदै थपे, “अब म पहिले कहिल्यै नदेखिएको सुरक्षा घेरामा छु।”

यस घटनालाई मध्यनजर गर्दै अमेरिकी गुप्तचर निकायहरूले ट्रम्पमाथि हुने कुनै पनि आक्रमणलाई रोक्न सतर्कता बढाएको छ। ट्रम्पको प्रचार टोलीले पनि अमेरिकी गुप्तचर निकायहरूले ट्रम्पको जीवनमा ‘वास्तविक र विशिष्ट’ खतरा रहेको चेतावनी दिएको पुष्टि गरेको छ। यद्यपि, यस खतरा पुरानो हो कि नयाँ भन्ने विषयमा भने थप विवरण दिइएको छैन।

इरानले यस आरोपलाई अस्वीकार गर्दै कुनै पनि प्रकारको हत्या योजना नभएको बताएको छ। यसअघि, इरानले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशाना बनाएको भन्ने आरोपहरूलाई खारेज गरेको थियो। ट्रम्पमाथि यो आरोप त्यतिबेला आएको हो जब इरानसँग अमेरिकाको तनाव चर्किरहेको थियो, विशेष गरेर इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको युद्धको दौरान।

गत गृष्ममा पेन्सिल्भेनियामा भएको एक र्यालीमा ट्रम्पमाथि आक्रमणको प्रयास भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि अमेरिकी सञ्चारमाध्यमहरूले इरानलाई ट्रम्पको हत्या षड्यन्त्रमा संलग्न भएको भन्दै रिपोर्ट गरेका थिए। ट्रम्पले आफ्नो सामाजिक मिडियामा भनेका थिए, “यदि ममाथि आक्रमण भयो भने म आशा गर्छु कि अमेरिकाले इरानलाई पूरै नष्ट गर्नेछ।”

हालका सर्वेक्षणहरूमा ट्रम्पको लोकप्रियता बढिरहेको देखिएको छ। यस्तो अवस्थामा ट्रम्पको जीवनमा आएको खतरा अमेरिकी राष्ट्रपति चुनावमा पनि गम्भीर प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। अमेरिकामा आगामी नोभेम्बरमा हुने निर्वाचनको लागि यो विषयले चर्चा पाएको छ।

इरानी साइबर आक्रमणकारीहरूले पनि ट्रम्पको प्रचार टोलीलाई निशाना बनाएको आरोप लगाइएको छ, जसले सन् २०२४ को अमेरिकी निर्वाचनलाई प्रभावित गर्ने सम्भावना देखिएको छ। इरानले भने यी सबै आरोपलाई अस्वीकार गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले गलत सूचना फैलाएको आरोप लगाएको छ।

अमेरिकी गुप्तचर निकायहरूले भने इरानसँग सम्बन्धित यी खतराहरूलाई गम्भीरताका साथ लिँदै ट्रम्पको सुरक्षा प्रणालीलाई अझ कडा बनाएको जनाइएको छ।

ePress Media, असोज ९, २०८१

पुरा पढ्नुहोस

छ सय वर्ष पुरानो प्राचीन बस्ती लोमान्थाङ: नेपालको मरुभूमि, पर्यटकीय आकर्षण र सांस्कृतिक धरोहर

मुस्ताङको लोमान्थाङ बस्ती एक अद्वितीय ऐतिहासिक स्थल हो, जसले नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। माटोको पर्खालभित्र रहेको यो प्राचीन बस्ती प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। समुन्द्री सतहदेखि ७,७२० मिटरको उचाइमा अवस्थित यो बस्ती, “नेपालको मरुभूमि” भनेर पनि परिचित छ। समतल खेतीयोग्य फाँट, कलात्मक पहाडले घेरिएको लोमान्थाङ पर्यटकका लागि रोमाञ्चक गन्तव्य बनेको छ।

यो पुरानो बस्तीको स्थापना मुस्ताङका प्रथम राजा अमे पालले करिब ६ सय वर्ष अघि गरे। लोमान्थाङको नाम “माटोको सहर” भनेर पनि चिनिन्छ। यसको ऐतिहासिक महत्त्व र यहाँको समृद्ध सांस्कृतिक जीवनशैलीले यसलाई संसारभरबाट आउने पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनाएको छ।

लोमान्थाङ: एक प्राचीन सांस्कृतिक बस्ती

लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बस्ती चारैतिरबाट माटोको पर्खालले घेरिएको छ। यस बस्तीमा करिब २ सय घरधुरी रहेका छन्। दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको यो बस्तीमा एउटा मात्रै प्रवेशद्वार रहेको छ। बस्तीको भित्री भागलाई विभिन्न देवीदेवताको नाममा चार टोलमा विभाजन गरिएको छ—गुथाङ, डोल्मा ल्हाखाङ, पोतलिङ, र ज्यथाङ। यी नामहरू बस्तीको धार्मिक र सांस्कृतिक सम्पदासँग सम्बन्धित छन्।

लोमान्थाङका बासिन्दाहरू मुख्य रूपमा व्यापार, पशुपालन, र खेतीकिसानीमा निर्भर छन्। यहाँका बासिन्दाहरूको रहनसहन र संस्कार तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ। लोवा समुदायका विष्ट, गुरुङ, र दलित जातिका मानिसहरूको बसोबास छ। परम्परागत रूपमा माइलो छोरा लामा र माइलो छोरी भुमा बस्ने चलन यहाँको विशेषता हो। यस बस्तीका बासिन्दाहरू बुद्ध धर्ममा आस्थावान छन्, र धार्मिक गतिविधिहरूमा लामा तथा झुमाको प्रमुख भूमिका हुन्छ।

सांस्कृतिक राजा र दरबार

लोमान्थाङको एउटा अनौठो पक्ष भनेको यहाँको सांस्कृतिक राजा प्रणाली हो। मुस्ताङका राजा विशेष कार्यक्रमहरूमा सहभागी हुन्छन्, र उनीहरूको सांस्कृतिक भूमिकाले बस्तीको परम्परागत पहिचानलाई जिवित राखेको छ। लोमान्थाङमा रहेका दरबार र गुम्बाहरूले यसको धार्मिक र ऐतिहासिक सम्पदालाई अझ बलियो बनाएका छन्। मुस्ताङका २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको निधनपछि पनि यहाँको राजा परम्परा सांस्कृतिक रूपमा कायम रहेको छ।

१५ औँ शताब्दीमा निर्मित लोमान्थाङ दरबार, जसलाई “माटोको सहर” भनेर चिनिन्छ, माटो र काठले बनेको छ। २०७२ सालको भूकम्पले यसलाई क्षति पुर्‍याए पनि यसको मर्मत गरियो। दरबारसँगै तीनवटा प्रमुख गुम्बा—थुप्तेन, छयोदेन, र ज्याम्पाल पनि लोमान्थाङको सांस्कृतिक सम्पदाका महत्त्वपूर्ण अंश हुन्। यी गुम्बाहरूमा धार्मिक चित्रकलाहरू (थाङ्का) र मूर्तिहरू सजिएका छन्।

पर्यटन र विदेशी पर्यटकहरूको आकर्षण

लोमान्थाङ पर्यटकहरूको लागि एक प्रमुख गन्तव्य बन्दै गएको छ। हरेक वर्ष हजारौँ पर्यटकले यो बस्ती भ्रमण गर्छन्। सन् २०२३ मा मात्रै ७० देशका ३,४८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए। यो क्षेत्रको अनौठो संस्कृति, धार्मिक सम्पदा, र प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउँछ। वार्षिक रूपमा ३,००० भन्दा बढी विदेशी पर्यटक लोमान्थाङ पुग्छन्, जसले यहाँको अर्थतन्त्रलाई पनि बलियो बनाएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेको लोमान्थाङ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। यो क्षेत्र विदेशी पर्यटकका लागि निषेधित क्षेत्र घोषित गरिएको छ, जहाँ प्रवेश गर्न विशेष अनुमति र शुल्क आवश्यक पर्छ। विशेषगरी उपल्लो मुस्ताङ जाने पर्यटकलाई १० दिनको भ्रमणको लागि ५०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम छ।

पर्यटन विकासका चुनौतीहरू

लोमान्थाङ पर्यटकहरूको लागि आकर्षक गन्तव्य भए तापनि, यसको पर्यटन विकासमा विभिन्न चुनौतीहरू छन्। निषेधित क्षेत्रको रूपमा चिनिएको यो क्षेत्रमा विदेशी पर्यटकको पहुँच सीमित छ। साथै, प्रवेश शुल्क महँगो भएकाले पनि यहाँका पर्यटक आगमन दरमा असर परेको छ। बस्तीको विकासमा ध्यान पुर्‍याउन र पर्यटनको प्रवर्द्धन गर्न आवश्यक पहल हुन जरुरी छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार पर्यटक आगमन बढाउन विभिन्न शुल्कमा पुनर्विचार गर्नुपर्नेछ। महँगो शुल्क र निषेधित क्षेत्रको कारणले विदेशी पर्यटकहरू यहाँ सजिलै पुग्न सक्दैनन्, जसले स्थानीयको आयआर्जनमा प्रतिकूल असर पुर्‍याएको छ। यहाँका होटल व्यवसायले पनि पर्यटक आगमनको कमीका कारण चुनौतीहरू सामना गरिरहेका छन्। लोमान्थाङमा रहेको २५ होटलमा करिब ४०० पर्यटकलाई बास दिन सक्ने क्षमता रहेको भए पनि, पर्याप्त पर्यटकहरू नआएपछि व्यवसायमा असर परेको छ।

लोमान्थाङको भविष्य: संरक्षण र प्रवर्द्धनको आवश्यकता

लोमान्थाङको सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्न र यसको पर्यटन सम्भावनालाई बढावा दिन पहल आवश्यक छ। यस बस्तीले नेपाली पर्यटनको विविधता र संस्कृति झल्काउँछ, तर यसको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी छ। पर्यटन प्रवर्द्धनका लागि उचित नीति र रणनीतिहरू तयार पार्न आवश्यक छ।

यो ऐतिहासिक बस्तीले पर्यटकीय गन्तव्यका रूपमा विश्वभरको ध्यान खिच्न सक्ने क्षमता राख्छ। त्यसैले, लोमान्थाङको प्राचीन सम्पदा, प्राकृतिक सुन्दरता, र सांस्कृतिक धरोहरको संरक्षण गर्दै पर्यटकहरूको आकर्षण बढाउन प्रयास गर्नुपर्ने देखिन्छ।

ईप्रेस मिडिया
असोज ९, २०८१

पुरा पढ्नुहोस

आजको राशिफल: २०८१ असोज ०९ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ असोज ०९ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर २५ नेपाल सम्बत ११४४ ञंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वरियान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५३ बजे, सूर्यास्त साँझ ०५: ५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५३ मिनेट देखि ०७ बजेर २४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्नसक्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।  एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । घरपरिवारबाट सुखद समाचार आउनेछ, घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्छ । आज प्रतियोगी र प्रतिस्पर्द्धी पनि कमजोर रहनेछन् । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

पुरा पढ्नुहोस

किन फ्लप भयो नेपालको ब्याटिंग ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसीसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।
हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् ।
यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिंगमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिदैन । हरेक पटक उनीहरु गैर जिम्मेवारीपुर्वक आउट भएका छन् ।
पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निरास बनाएका छन् ।  अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।
शिर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्याण्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्बाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्धशतक प्रहार गर्न सकेका छैनन् ।
त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।
यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एकदिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रुपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।
त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याटपनि लामो समय देखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिंगमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिंगल स्कोरमै आउट भएका छन् ।
त्यसैगरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।
यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शिर्षक्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन् । आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।
खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानलले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।
एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरुको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरुले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।
अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ ।         

पुरा पढ्नुहोस