ऊर्जामन्त्री खड्का र रसियाली राजदूत नोभिकभबीच शिष्टाचार भेट

ई-प्रेस मिडिया, चैत्र २०, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विभिन्न आयाममा छलफल भएको छ। भेटका क्रममा मन्त्री खड्काले रसियाली सरकारले नेपालको जनशक्ति विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले […]

पुरा पढ्नुहोस

नेपाल र थाइल्यान्डबीच आठ सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

ई-प्रेस मिडिया, चैत्र २०, २०८१ नेपाल र थाइल्यान्डबीच बुधबार बैंककमा आयोजित एक औपचारिक कार्यक्रममा आठवटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भएको उच्चस्तरीय दुईपक्षीय भेटवार्तापश्चात् यी सम्झौताहरू सम्पन्न भएका हुन्। हस्ताक्षरित आठ सम्झौता र समझदारीपत्रमध्ये दुईवटा सरकारी तहमा र छवटा […]

पुरा पढ्नुहोस

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

ई-प्रेस मिडिया, चैत्र २०, २०८१ हालै म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपछि नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमारतर्फ प्रस्थान गरेको छ। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानमार्फत म्यानमार पुगेको हो। उक्त टोलीमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती […]

पुरा पढ्नुहोस

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली

थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा   बैङ्कक, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका […]

पुरा पढ्नुहोस

संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति

काठमाडौं, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको  बिर्सिए जनतालाई स्वीकार्य नहुने बताएका छन् । ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफंैले बनाएको संविधानले प्रत्येक […]

पुरा पढ्नुहोस

ओली र मोदी बिच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटबार्ता हुने

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ बार्ता हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो । सो सम्मेलन उदघाटन […]

पुरा पढ्नुहोस

नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ

बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् । भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न

काठमाडौं, २० चैत । नेपाल र थाइल्याण्ड बिचमा बिभिन्न समझदारी भएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले र थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन भने पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन । त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच […]

पुरा पढ्नुहोस

दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै मेरो जित : रवि लामिछाने

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै ठूलो जित भएको बताएका छन् । सोमवारदेखि पार्टीको जिम्मेवारीमा फर्किएका लामिछानेले केन्द्रीय समिति बैठकअघि आयोजित पत्रकार सम्मेलनमा सरकारको षड्यन्त्र अझै नसकिएको भन्दै कडा चुनौती दिए । “सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन । म जुनसुकै तराजुमा […]

पुरा पढ्नुहोस

प्रतिनिधिसभाले तीन विधेयक समितिमा पठायो : नागरिकता, ऊर्जा र निकासी-पैठारी विधेयक स्वीकृत !

काठमाडौँ, चैत्र १८, २०८१ईप्रेस संवाददाता प्रतिनिधिसभा बैठकले सोमवार तीनवटा विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राखेका थिए, जुन सर्वसम्मत पारित भयो । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको तर्फबाट भूमि व्यवस्था, […]

पुरा पढ्नुहोस