सुनचाँदी दुवैको बढयो मुल्य

काठमाडौं, १५ चैत । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ ।  जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर छनोट: ज्ञानेन्द्र ढुंगाना अगाडि, तीव्र दौडधुप जारी

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर छनोट प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत्र २४ मा सकिँदै गर्दा भावी गभर्नरका लागि दौडधुप चर्किएको छ। यो दौडमा हालसम्म नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना सबैभन्दा अगाडि देखिएका छन्। ढुंगानाको राजीनामा र बलियो सम्भावना गभर्नर […]

पुरा पढ्नुहोस

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक: नयाँ मोडलसहित रूपान्तरणको खाका

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपालको डिजिटल आर्थिक रूपान्तरणका लागि झन्डै पाँच वर्षअघि घोषणा गरिएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को प्रभावकारी कार्यान्वयन हुन नसकेपछि सरकारले यसको परिमार्जित संस्करण ‘डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) २.०’ को मस्यौदा सार्वजनिक गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा लागू गरेको पहिलो फ्रेमवर्कमा सुधार, परिमार्जन र नयाँ कार्यक्रम थपेर […]

पुरा पढ्नुहोस

भारतबाट थप ६०० मेगावाट बिजुली स्वीकृत, लोडसेडिङको जोखिम हट्ने

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै फैलिएको लोडसेडिङको आशङ्का भारतबाट आएको खुसीको खबरले चिरिएको छ। भारतले इण्डियन इनर्जी एक्सचेन्जमार्फत थप ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति दिएको छ। ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले रातको समयमा थप ५ घण्टा विद्युत् आपूर्ति […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकद्वारा चैत्र १५ का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं, चैत्र १५, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल राष्ट्र बैंकले चैत्र १५ (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके […]

पुरा पढ्नुहोस

वीरगञ्ज नाकाबाट आयातमा ११.४० प्रतिशत वृद्धि, आठ महिनामा तीन खर्ब ९० अर्बको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वीरगञ्ज नाका हुँदै रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ११.४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड रुपैयाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका सामान आयात भएका थिए। […]

पुरा पढ्नुहोस

नेपाल बीमा प्राधिकरणद्वारा निर्देशकहरूको जिम्मेवारी हेरफेर र नयाँ पदस्थापना

काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आज (चैत्र १४) देखि लागू हुने गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी तोकेको छ। यसैगरी, हालै निर्देशकमा बढुवा भएका शाम्बराज लामिछानेलाई नियमन महाशाखा, ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना

काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। बैंकिङ तथा भुक्तानी प्रणालीमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवाको विकास र विस्तार गर्न यो हबले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकका अनुसार यो हबले नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत तथा नियामकीय व्यवस्थाबारे जानकारी दिने, वित्तीय क्षेत्रका प्रस्तावहरूको विश्लेषण गरी […]

पुरा पढ्नुहोस

शेयर बजारमा लगातार दोस्रो दिन उछाल, नेप्से ४१.६७ अंकले बढ्यो

काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार दोस्रो दिन उत्साह देखिएको छ। बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक बिहीबार पनि ४१.६७ अंकले उकालो लागेर २६६३.५४ विन्दुमा पुगेको छ। यो वृद्धि १.५८ प्रतिशतले भएको हो। आज बजारमा कारोबार रकम पनि बढेको छ। कुल ५ अर्ब २२ करोड ३० लाख ८३ हजार […]

पुरा पढ्नुहोस

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा सकिँदै, नयाँ नियुक्तिका लागि समिति गठन

काठमाडौं, चैत्र १४, २०८१ईप्रेस मिडिया काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्र २४ गते समाप्त हुँदैछ। उनको उत्तराधिकारी चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरिसकेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार सरकारले गठन गरेको समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन वा वाणिज्य कानुन […]

पुरा पढ्नुहोस