युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थतन्त्र

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
 
युनिभर्सल पावर कम्पनी लिमिटेडले कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
 
कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । 
 
उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *