अमेरिकी डलरसंगै युरोमा पनि सामान्य वृद्धि

अर्थतन्त्र

काठमाडौ, १७ पुस । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । 

साताको तेश्रोदिन अमेरिकी डलरको भाउ ५ पैसाले बढेको छ । मंगलबार एकको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसा कायम गरिएको छ। 

सामबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसामा कारोबार भएको थियो । 
यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ ।
आज युरो एकको खरिदमा१४६ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४७ रूपैयाँ ३३ पैसा तोकिएको छ।
सोमबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ २८ पैसा तोकिएका थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा तोकिएको छ।

सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८८ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ५१ पैसा र बिक्रीदर ९० रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ ३१ पैसा र बिक्रीमा १०० रूपैयाँ ७७ पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा कायम छ। राष्ट्र बैंकले आज एक अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६० पैसा तोकेको छ।
 
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ९२ पैसा र बिक्रीदर २९ रूपैयाँ ०५ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ४७ पैसा तोकिएको छ ।
 
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९ पैसा तोकिएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *