बाग्लुङ, १२ पुष – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित हुनुभएको छ । सातौं बाग्लुङ महोत्सवमा आज सिइओ शेरचनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गर्नुभयो । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व गरी बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सीईओ शेरचनलाई सम्मान गरिएको हो।
बाग्लुङमै जन्मनु भएका शेरचन यतिखेर सक्षम र सबल बैंकरको रुपमा स्थापित हुनुहुन्छ। बैंकिंग क्षेत्रमा शेरचनको २८ वर्षको अनुभव छ। शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो।

