आज क्यानको नेतृत्व चयन हुदैँ, चतुरबहादुर र बिनयराज बिच प्रतिस्पर्धा

खेलकुद

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैँछ ।
 
क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ ।
 
यसैबिच हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ ।
 
जसअनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ः ०० बजे हुनेछ भने उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११ः ४० बजेको समयसिमा तोकिएको छ ।
 
यसरी उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहाने उम्मेदवारले बिहान ११ः ५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवानरको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।
 
भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा बिजयी हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *