पौने २८ अंकले बढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

अर्थतन्त्र

काठमाडौं, १ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार पौन २८ अंकले सेयर बजार बढेको छ । 

आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १८५ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *