१३ सय रुपैयाँले घट्यो सुनको भाउ

अर्थतन्त्र

काठमाडौं, १ पुस । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ । 

गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन भने तोलाको १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
गत शुक्रबार तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *