प्रि–ओपन सेसनमा नेप्से सूचक साढे ८ अंकले घट्यो

अर्थतन्त्र हेडलाइन

काठमाडौं, १ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको छ । 

आइतबार प्रि–ओपन सेसनमा ८.५४ अंकले घटेको नेप्से परिसूचक १९८६.०५ विन्दुमा गएर अडिएको छ । 

यस सेसनमा ६२ कम्पनीको १६४ पटक भएको कारोबारमा १७ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ९७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा ९ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *