मान्छे मारेर चुनाव जित्नु भनेकाे अत्यन्त्यै घिनलाग्दोः ओली

राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने काम अत्यन्त्यै हिन लाग्दो भएको बताएका छन। आइतबार नेकपा एमालेको झुलाघाट(चिवाभञ्ज्याङ यात्राको क्रममा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन।

आइतबार यात्राको क्रममा अछाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन। सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने,‘२०७९ साल जेठ १७ गते विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामी माथि पनि र संसदमा पनि भनिरहेका छौं।’

स्थानीय तहको निर्वाचनमा विनायमा हत्या गरिएका विनोद शाहीलाई उनले सहिद घोषणा समेत गरे। उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने काम गरिरहेको भन्दै आक्रोश समेत पोखेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *