जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

प्रदेश-पालिका

झापा, १५ मंशिर । जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

झापाको हल्दिबारीमा ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजे हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकिदारसमेत रहेका बनको मृत्यु भएको हो ।

सोही सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले लछारपछार गर्दा बनको घटनास्थलमै मृत्यु भएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *