आइसीसी विश्वकप लिग- २ को पहिलो सिरिज काठमाडौँमा हुने

खेलकुद

काठमाडौं, १५ मङ्सिर। आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।
 
नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो ।
 
नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो । 
 
यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो । 
 
सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *