गणतन्त्रको विरोध हुँदैमा हामी अत्तालिएका छैनौंः देउवा

राजनीति हेडलाइन

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्रको विरोध गर्दै आफू नअत्तालिएको प्रष्ट पारेका छन्। सोमबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन।

केही व्यक्तिले गणतन्त्रको विरोध गर्दैमा केही हुँदैन उनले भने,“गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,” देउवाले भने।

केही व्यक्तिले विरोध गर्दैमा गणतन्त्र कमजोर नहुने उनको भनाइ थियो। गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् त भन्ने प्रश्नमा देउवाले भने, “को अत्तालियो? हामी अत्तालिएका छैनौं।”

सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सञ्चारकर्मीले राखेकाे जिज्ञासामा विषयमा सोधिएको प्रश्नमा भने, उनले स्पष्ट जवाफ दिएनन्। सत्ता साझेदारी तथा सरकारको नेतृत्व फेरबदल कसरी हुन्छ भन्ने प्रश्नमा देउवाको भने, “भएपछि थाहा पाइहाल्नु हुन्छ नी।”  

Leave a Reply

Your email address will not be published. Required fields are marked *