ग्रीजम्यानको गोलमा एटलेटिको म्याड्रिड विजयी

खेलकुद

काठमाडौं, १० मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले मल्लोर्कामाथि जित हासिल गरेको छ ।
 
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
 
एटलेटिको म्याड्रिडको जितमा खेलको ६४औँ मिनेटमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
 
यो जितपछि एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
 
एटलेटिको शिर्ष स्थानमा रहेको गिरोनाभन्दा ३ अंकले पछाडी छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा एक अंकले पछाडी रहेको छ ।
 
त्यसैगरी मल्लोर्काको १३ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।            

Leave a Reply

Your email address will not be published. Required fields are marked *