काठमाडौं जिल्ला अदालत अगाडीको जेब्रा क्रसिङमा काठमाडौं महानगरपालिकाले ट्राफिक बत्ती राख्दै

प्रदेश-पालिका

काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडी ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौं जिल्ला अदालत अगाडीको जेब्रा क्रसिङमा पटक–पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो । शुक्रवारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडी बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानून व्यवसायीहरुको अग्रसरतामा काठमाडौं महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सो बत्ति पदलयात्रीहरुले आफ्नो अनुकुलतामा स्वीच बटन थिचेर रातो बत्तिमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताउनु भयो ।

निर्माण सम्पन्न भएपछि केही दिन भित्रमा नै सो बत्तिको उद्घाटन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *