प्रहरी धरपकड प्रति कमल थापाको आपत्ति 

राजनीति हेडलाइन

काठमाडौं, ८ मंशिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकड प्रति आपत्ति जनाएका छन् ।
 
मेडिकल ब्यावसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरे पछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन ।
 
‘शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्नपाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाण्डौमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘प्रशासनिक दमनबाट होईन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *