दुर्गा प्रसाईले भोली युवा संघले भेला गरेको तीनकुनेमा प्रदर्शन गर्ने

राजनीति हेडलाइन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले भोलीदेखि तीनकुनेमा विरोध प्रर्दशन गर्ने बताएका छन। विहिबार एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन गरेको थियो।

प्रसाईंले आज केही बेरमै आफ्नो घरबाट आन्दोलनबारे पत्रकार सम्मेलनको आयोजना समेत गर्ने उद्घोष गरेका छन। करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

नेकपा एमालेको भातृ सङ्गठन, राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा गरेका थिए ।

युवा सङ्घले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा सभा तथा प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *