मोबाइल नेटकवर्क विच्छेद गराउन बल्खु र तिनकुनेमा जामरको प्रयोग

राजनीति हेडलाइन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन स्थल बल्खु र एमालेको भातृ संगठन युवा संघको प्रदर्शन स्थल तिनकुनेमा मोबाईल फोनको बिच्छेद गराउनका लागि जामर भेहिकलको प्रयोग गरिएको छ।

प्रदर्शमा सहभागीहरुले प्रदर्शन स्थलबाट प्रत्यक्ष लाइभ गरेर घटनालाई उत्तेजित बनाउन खोजेको भन्दै ती क्षेत्रमा जामरको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

आज एकै दिन प्रसाईंको नेतृत्वमा बल्खु र युवा संघको नेतृत्वमा तिनकुनेमा जनप्रर्दशन गरिरहेका छन। प्रदर्शनका कारण काठमाडौंको सवारी आगमन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *