दुर्गा प्रसाईंका समर्थक र युवासंघबीच बल्खुमा ढुंगा हानाहान

राजनीति हेडलाइन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको वृहत जनप्रर्दशनमा ढुंगा हानाहान भएको छ। कालिमाटीबाट एमाले निकट युवा संघका कार्यकर्ताहरु बल्खु पुगेर ढुंगा हानेको प्रसाईंका समर्थकहरुले आरोप लगाएका छन।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको अवस्थामा युवासंघका नेता कार्यकर्ता गएर बिथोल्न खोजेपछि झडप भएको थियो। प्रसाईं समूहको तोडफोडबाट बल्ख आसपासका केही संरचनामा क्षति पुगेको छ ।

अहिले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *