सुतेका महिलामाथि अभद्र व्यवहार गर्नेलाई सरकारले किन पक्राउ नगरेको ?- ज्ञानेन्द्र शाही

राजनीति हेडलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौंमा राति सुतेका महिलाहरुमा माथि अभद्र व्यवहार गर्नेहरुलाई तत्काल पक्राउ गर्न सरकार समक्ष माग गरेका छन।

प्रमुख सचेतक शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन,‘ गणतन्त्रको नाममा महिला अधिकार सुरक्षित हुन्छ भन्दै हजारौंको हत्या गर्नेहरुले हिजो राती लोकन्थलीमा बास बसेर सुतेका दिदीबहिनीहरु माथी गरेको अभद्र ब्याबाहारले तपाईंहरुको चरित्र देखाई सकेको छ । यस्ता अनैतिक गतिविधि गर्नेहरुलाई अहिले सम्म सरकारले किन पक्राउ नगरेको ? यस्ता गतिविधि गर्नेहरुलाई तत्काल पक्राउ गरियोस।’

मंगलबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले गरेको भेलामा सहभागी हुन आएका सुतिरहेका महिलामाथि एमाले निकट युवा संघका कार्यकर्ताले लखेटेका थिए। उक्त घटनाको चौतर्फी विरोध र आलोचना भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कुनै कार्यकर्ताले नगरेको भन्दै बचाउ गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *