क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

कला

मुम्बइ, ४ मंशिर । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन्  ।
 
गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् । 
 
‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’ 
 
उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईंले सम्पूर्ण भारतलाई धेरै खुशी ल्याउनुभयो, त्यसका लागि माया र सम्मान । तपाईंले हामीलाई एक गौरवशाली राष्ट्र बनाउनु हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *