भारतको मिजोरम राज्य चुनाव: ४० सिटमा मतदान सुरु, मिजोरमका मुख्यमन्त्री जोरमाथांगाले गरे मतदान

अन्तराष्ट्रिय

मिजोरमको ४० विधानसभा सीटका लागि आज मंगलबार मतदान हुँदैछ। राज्यका ८.५२ लाखभन्दा बढी मतदाताले १७४ उम्मेदवारको भाग्यको फैसला गर्नेछन्।

निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन मतदान टोली सोमबार सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । निर्वाचनका लागि मतदान केन्द्रमा करिब पाँच हजार कर्मचारी परिचालन गरिएको छ । प्रशासनले कडा सुरक्षा व्यवस्थासहित निर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा गरेको छ ।

इभिएम र मतदान सामग्री सङ्कलन गरी मतदान टोली मतदान केन्द्रमा पुगेको अतिरिक्त उपायुक्त सैजिकपुईले बताए । प्रत्येक मतदान टोलीसँग सुरक्षाकर्मी खटाइएको छ ।

मिजोरममा त्रिकोणात्मक प्रतिस्पर्धा छ। एकातिर मिजो नेशनल फ्रन्टले सत्ता कायम राख्न चुनाव लडिरहेको छ । अर्कोतर्फ भाजपा र कांग्रेस सत्ता परिवर्तनको लागि मैदानमा छन् ।

आइजवल पूर्व–१ सिटमा निवर्तमान मुख्यमन्त्री जोरमाथाङ्गाले उम्मेदवारी दिएकाले सबैको नजर आइजवल पूर्व–१ मा छ । २०१८ को विधानसभा चुनाव यहाँबाट जोरमाथांगाले जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *