बालिका बलात्कार आराेपमा तीनजना पक्राउ

अपराध

काठमाडौं, १७ कात्तिक । धनकुटा र  झापाबाट बालिका बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् ।  धनकुटाबाट १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 
 
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  झापा मेचिनगर नगरपालिका-१५ भिन्डि बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *