विश्व कप क्रिकेट : बाहिरिने बंगलादेश पहिलो टोली

खेलकुद

काठमाडौं- आईसीसी विश्व कप क्रिकेटमा विश्वकप क्रिकेट २०२३ बाट बाहिरिने बंगलादेश पहिलो टोली बनेको छ। 

शनिबार भएको खेलमा नेदरल्यान्ड्ससँग फराकिलो पराजयसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको हो। 

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर दुई बलमा एक सय ४२ रनमात्र बनाएर अलआउट भएको थियो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ। पराजित भएको बङ्लादेश नवौं स्थानमा पुगेको छ। जम्मा २ अंक रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *