मलेसियामा भएको एसीसी यु–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपारजित पनि रह्यो ।
मंगलबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई डीएल मेथडमा १९ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।
देव खनालको कीर्तिमानी ब्याटिङ र आकाश त्रिपाठीको घातक बलिङमा नेपालले उपाधी जितेको हो ।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य दिए पनि वर्षाले खेल प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो। यूएई १ बलअगावै १ सय ७८ रनमा समेटियो।
११औं ओभरको खेल जारी रहँदा वर्षाले खेल प्रभावित भएपछि खेल २७ ओभरमा घटाइएको थियो। ११औं ओभरमा यूएई ५०–२ को अवस्थामा थियो।
यूएईलाई रोक्न नेपालका आकाश त्रिपाठी एक्लैले चार विकेट लिए।
सुवास भण्डारीले ३ विकेट लिए । आकाश चन्दले २ तथा हेमन्त धामीले एक विकेट आफ्नो नाममा गरे।
यूएईका ध्रुव परासरले सर्वाधिक ५९ रनको योगदान दिए।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कप्तान देव खनाले ऐतिहासिक शतक प्रहार गरे। कप्तान देवले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

