काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो ।
२८३ रनको लक्ष्य अफगान टोलीले १ ओभर अगाडि नै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।
अफगानिस्तानको जितमा तीनजना खेलाडीले अर्धशतक बनाए । ओपनर इब्राहिम जार्दानले ८७ र रमातुल्लाह गुर्वाज ६५ रनमा आउट भए भने रहमत शाहले अविजित ७७ रनको योगदान गरे ।
हसमुल्लाह साहिदी पनि ४५ बलमा ४८ रन बनाएर नटआउट रहे । आज पाकिस्तानका कुनै बलर चलेनन् । शहिन शाह अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।
त्यसअघि भारतको चेन्नईमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा २८२ रन बनाएको थियो ।
कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए। अफगानिस्तानका नूर अहमदले ३ विकेट लिए।

