काठमाडौं– अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ५३ पैसा र बिक्रीमा १४१ रुपैयाँ १६ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६० रुपैयाँ ८९ पैसा र बिक्रीमा १६१ रुपैयाँ ६१ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८३ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८४ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा, सिंगापुर डलर खरिदमा ९६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९७ रुपैयाँ १५ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८ रुपैयाँ ८९ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १४ पैसा र बिक्रीमा १८ रुपैयाँ २२ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ८३ पैसा र बिक्रीमा २७ रुपैयाँ ९६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८२ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९७ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ४४ पैसा तय गरिएको छ।


