इजरायल र हमासको युद्धमा परेर ज्यान गुमाएका चारजना नेपालीको शव भोलि आइतबार काठमाडौं ल्याइने

राजनीति हेडलाइन

काठमाडौं । इजरायल र हमासको युद्धमा परेर ज्यान गुमाएका चारजना नेपालीको शव आइतबार काठमाडौं ल्याइने भएको छ । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव ल्याउन लागिएको हो ।

सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेलअविवस्थित नेपाली दूताबासले जनाएको छ । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको दूतावासले बताएको हो ।

फ्लाइट डिटेलअनुसार पर्सि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहितानको काम भइरहेको छ’, नेपाली दूताबासले शुक्रबार  वक्तव्यमार्फत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *