नेपालले दोस्रो खेल आज बिहीबार हङकङविरुद्ध खेल्दै

खेलकुद हेडलाइन

काठमाडौं— त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले दोस्रो खेलमा बिहीबार हङकङविरुद्ध खेल्दैछ । हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार यूएईविरुद्ध ७ विकेटको सहज जित निकालेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका सबै खेल मूलपानी हुनेछ । तर, फाइनल खेल भने किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *