काठमाडौं– त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईमाथि नेपालले ७ विकेटको शानदार जित हात पारेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४१ रनको लक्ष्य पछ्याएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेल अर्धशतकीय पारी खेले।
यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रनको योगफल जोडेको थियो। नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए। पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे। नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रन जोडेर पबेलियन फर्किँदा कुशल मल्ल ११ रनमा आउट भए।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि बासिल हामिदले सर्वाधिक ५१ रनको पारी खेलेका थिए।
नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए। गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट लिएका थिए।

