प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

अर्थतन्त्र

काठमाडौं, ३० असोज । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । 

साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ०.२६ अंक घटेर १८५१.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा बन्द भएको थियो । 
 
मंगलबार प्रि-ओपन सेसनमा ६५५ कित्ता सेयर किनबेच हुँदा २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । सो सेसनमा ५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घट्दा बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *