एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा ४ जनाकाे उम्मेदवारी

प्रदेश-पालिका

धनगढी, २३ असाेज  । सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 उम्मेदवारी दिनेमा  प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह रहेका छन्  । उम्मेदवारी दिने चार मध्य वचन बहादुर सिंह कञ्चनपुरका हुन् भने बाँकी तीन जना अछामका रहेका छन् ।
 
निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ।

साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *