राष्ट्रिय शोकका कारण आजको राष्ट्रियसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

राजनीति हेडलाइन

काठमाडौं । आजका लागि तय भएको राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटका लागि तय भएको राष्ट्रियसभाको बैठक शुक्रबारसम्मका लागि सरेको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा आज राष्ट्रिय शोक पर्न गएकोले बैठक सारिएको उल्लेख छ ।

राष्ट्रियसभाको अबको बैठक असोज २६ गते शुक्रबार बिहान ११ बजेर ३१ मिनेटका लागि तय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *