एमाले सुदूरपश्चिम अधिवेशन अन्तरगत भोलि मतदान

प्रदेश-पालिका

काठमाडौं, २२ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ। कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९:३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ।
सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको नेताहरु बताउँछन्। अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *