काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको नागपुरमा १० दिन विशेष प्रशिक्षण गर्ने भएको छ ।
नेपालमा हुन लागेको टी-२० विश्वकप एसिया छनोटका लागि आफ्नो क्षमता अभिवृद्धि गर्न राजस्थान रोयल्स एकेडेमीमा १० दिने उच्च प्रदर्शन प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । टोली आज नागपुर जाँदैछ ।
नेपालले खेल सिंगापुरसँग १३ कार्तिकमा खेल्ने छ। प्रतियोगिता १३ देखी २० कार्तिक सम्म (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदै छ।
समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने छन्।

