लोटस भेटमा राजस्वको छापा, अनुसन्धान रोक्न दबाब

अपराध हेडलाइन

बारा, १९ असाेज । लोटस भेटले लम्पी स्किन भ्याक्सिनमा कालोबजारी गर्ने गरेको समाचार संचार माध्यममा आएपछि लोटस भेटको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

लोटस भेटको कार्यालयमा राजस्व अनुसन्धान विभाग कार्यालय पुल्चोकको टोलीले गत मंगलबार छापा मारेको थियो । गाईभैंसीमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको खोपमा कालोबजारी गरिरहेको लोटस भेट इन्टरनेशनल टेड लिङ्ग प्रा. लि. त्रिपुरेश्वरका सञ्चालक भरत बहादुर पाण्डेले राजस्व अनुसन्धान विभागको अनुसन्धान रोक्न अहिले मन्त्री देखी प्रधानमन्त्रीसम्म पुगेर अनुसन्धान रोक्न दबाब दिईरहेको स्राेतको दाबी छ ।

उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटका ब्यक्ति रहेको बताईएको छ । राजस्व अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार बिभिन्न समाचारमा प्रकाशन गरे अनुसार नै कार्य हुदै आएको कागजातबाट देखिन्छ, तर बाँकी अनुसन्धान चलिरहेको छ ।

उनले भने, ‘राजस्व अनुसन्धानमा आएको उजुरी र विभिन्न संचारमाध्यममा आएका समाचारका आधारमा छापा मारेका हौँ । बाँकी अनुसन्धान चलिरहेको छ । विस्तृत विवरण उपलब्ध कागजातको अनुसन्धानपछि मात्र खुल्ने हुँदा अहिले नै केही बताउन नसकिने उनको भनाइ थियो ।

यता अर्का एक अधिकृतले भने, “हाललाई यो विषयमा कुनै पनि काम कारबाही नगर्नु भन्ने आदेश छ । थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको छैन । हामी कर्मचारी बाध्य छौँ । यता हामीलाई राजनीतिक दबाबसमेत बढी आएको कारण यो विषयमा कार्यालय मौन जस्तै छ ।” उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट रहेको हुदाँ कारबाही नगर्न दवाव आएको स्राेतले बताएकाे छ । लोटस भेटले लम्पी स्किनको महामारी बढ्दै गइरहेको मौका छोपी पाण्डेले सो भ्याक्सिनमा कालोबजारी गरेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *