सट डाउनको बिषयमा बिबादले अमेरिकी सभामुख पदमुक्त

अन्तराष्ट्रिय

वासिंग्टन डिसी, १७ असोज । अमेरिकाको प्रतिनिधिसभाको सभामुख पदमुक्त भएका छन् ।

अमेरिकी संसदमा ‘सट डाउन’ को बहस चलिरहेको बेला सभामुख केभिन म्याकर्थी पदमुक्त भएका हुन । 


मंगलबार भएको ऐतिहासिक मतदानमार्फत उनलाई शीर्ष नेतृत्वको पदबाट हटाए पछि अब उनी फेरि सभामुखको लागि उम्मेदवार हुन पाउने छैनन। 

उनलाई पदमुक्त गराउनका लागि डेमोक्र्याटको साथमा आठ रिपब्लिकनले साथ दिएका थिए, जसअनुसार २१६–२१० को मतदानको स्थीति रहे पछि उनी पदमुक्त भएका हुन ।

उनी पदमुक्त भए पछि सदनले अब नयाँ सभामुख चयन गर्नुपर्नेछ। त्यसका लागि सम्भावित उत्तराधिकारीको लागि दौड अर्को हप्ताको मतदान हुनु अघिसम्म चलिरहने देखिएको छ ।


ह्वाइट हाउसले चाँडै नयाँ स्पिकर चयन गर्न आह्वान गरेको छ ।

सभामुखले गत  शनिबार सिनेट डेमोक्र्याटसँग सरकारी एजेन्सीहरूलाई कोषको लागि सम्झौता गरेपछि अल्ट्रा–कन्जरभेटिभहरूले विद्रोह गरेका जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *