एमाले गण्डकी प्रदेश अधिवेसन आजबाट, ओली पाेखरा पुग्दै

प्रदेश-पालिका हेडलाइन

पोखरा, १५ असोज । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । 

सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन ।

अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’


पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । 


सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *