करिब १ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ

अपराध अपराध

धनकुटा, १४ चैत । अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्रामसहित एकजना पक्राउ परेका छन् ।

सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
 
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *