नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना

अर्थतन्त्र

काठमाडौं, चैत्र १४, २०८१
ईप्रेस मिडिया

काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। बैंकिङ तथा भुक्तानी प्रणालीमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवाको विकास र विस्तार गर्न यो हबले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो हबले नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत तथा नियामकीय व्यवस्थाबारे जानकारी दिने, वित्तीय क्षेत्रका प्रस्तावहरूको विश्लेषण गरी अवसर र चुनौती पहिचान गर्ने, परामर्श र सुझाव प्रदान गर्ने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

यो कदमले डिजिटल वित्तीय सेवाको क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोगलाई बढावा दिई नेपालको वित्तीय प्रणालीलाई थप सुदृढ र आधुनिक बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *