डलरको भाउ १३७ नाघ्यो : आजको विदेशी मुद्रा सटहीदर सार्वजनिक !

अर्थतन्त्र

काठमाडौं, चैत्र १३, २०८१
ईप्रेस संवाददाता

नेपाल राष्ट्र बैङ्कले आज (चैत्र १३ गते) का लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ १६ पैसा र बिक्रीदर १४८ रूपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा रहेको छ ।

राष्ट्र बैङ्कले सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा र बिक्रीदर ९ रूपैयाँ १६ पैसा निर्धारण गरेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा कायम भएको छ ।

कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा, थाई भाट एकको खरिददर ४ रूपैयाँ ०४ पैसा र बिक्रीदर ४ रूपैयाँ ०६ पैसा तोकिएको छ । युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ रहेको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा कायम भएको छ । हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा छ ।

उच्च मूल्यका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा तोकिएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम रहेको छ ।

यो सटहीदर आजको कारोबारका लागि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *