काठमाडौं— नेपाली बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य मङ्गलबार थप पाँच सय रुपैयाँले घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मङ्गलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
इप्रेस मिडिया
आश्विन १५, २०८१

