काठमाडौँ, असोज ९ – आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीच क्यानडामा मङ्गलवार तय भएको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङ्ग्स सिटीमा वर्षाले खेल हुन नसक्दा दुबै टोलीले एक-एक अंक बाँडेका हुन्।
नेपालले हालसम्म लिगमा कुनै पनि खेल जित्न नसकेको र पछिल्लो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो। यसअघि नेपाल ओमानसँग पराजित भइसकेको छ। अब नेपालले आफ्नो प्रदर्शन सुधार्दै बाँकी खेलमा फोकस गर्नुपर्ने देखिएको छ।
ईप्रेस मिडिया २०८१ असोज ९

