रवि लामिछानेले सहकारी अपचलन मुद्दामा राजनीतिक षड्यन्त्रको आरोप: प्रतिशोधको इशारा

राजनीति हेडलाइन

काठमाडौं – रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी रकम अपचलन मुद्दामा आफूलाई राजनीतिक प्रतिशोधका रूपमा लक्षित गरिएको आरोप लगाएका छन्। आइतवार पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई फसाउन षड्यन्त्र भइरहेको बताउँदै भने, “कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजिँदैछ।” उनले सबै कानुनी प्रक्रिया र छानबिनमा सहयोग गरेको दाबी गरे।

उनले आफूलाई बलि चढाएर अरुको राजनीति जोगाउन खोजिएको भन्दै, चुनावमार्फत प्रतिस्पर्धा गर्न आह्वान गरे। उनले भने, “तपाईंहरू मलाई चुनावमा हराउन सक्नुस्, तर षड्यन्त्र गरेर होइन।”

अनुसन्धानमा पूर्ण सहयोगको दाबी

लामिछानेले आफूले हरेक अनुसन्धान प्रक्रियामा सहयोग गर्दै आएको र गल्ती गर्नेलाई कानुनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिए। उनले भने, “म यहाँ छाती ठाडो गरेर बसेको छु, भागेर कतै जाँदैन। म जहाँ जानुपर्छ, त्यहाँ जान तयार छु। अनुसन्धानका लागि म सधैं उपलब्ध छु।”

उनले सरकारसँग कुनै अनुकम्पा वा दया नचाहिएको बताउँदै अनुसन्धानमा कानुनी प्रक्रिया पूरा गरेर न्यायको सामना गर्ने प्रतिबद्धता व्यक्त गरे। लामिछानेले थप भने, “तपाईंहरूको दया म चाहिँदैन, म कानुनी प्रक्रियामा विश्वास गर्छु र त्यहीमार्फत लड्न तयार छु।”

राजनीतिक षड्यन्त्रको आक्रोश

लामिछानेले यो मुद्दामा आफूविरुद्ध राजनीतिक प्रतिशोध देखाइएको र षड्यन्त्रको एउटा रूप भएको बताए। उनले भने, “कसैले आफ्नो राजनीति जोगाउन मलाई बलि चढाउन खोजिरहेको छ, तर म चुप लागेर बस्नेवाला छैन। म चुनावमा आउँछु, चुनावमा जितेर देखाउँछु।”

उनले गल्ती गर्नेहरू भागेर बसेको आरोप लगाउँदै आफू भने कानूनको सबै प्रक्रियामा सहभागी भएको दाबी गरे। लामिछानेले आफ्ना समर्थकलाई निरन्तरता दिन र सत्यको पक्षमा उभिन आग्रह गरे।

ईप्रेस मिडिया
आश्विन ७, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *