न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच शनिबार साँझ भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रसङ्घ भवनमा भएको भेटमा संक्रमणकालीन न्याय, जलवायु न्यायलगायतका महत्त्वपूर्ण मुद्दामा छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। भेटलाई फलदायी बताउँदै उनले राम्रो भविष्यका लागि साझेदारीलाई बलियो बनाउन आफू तत्पर रहेको जनाएका छन्।
ईप्रेस मिडिया
आश्विन ०६, २०८१

